काठमाडौँ : सरकारले क्वारेन्टाइन व्यवस्थापनमा लापरवाही गरेको, आर्थिक अनियमितता गरेको जस्ता आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ ।

महामारीको संकटका बेला पनि सरकारले अनियमितता गरेको भन्दै आर्थिक पारदर्शिता देखाउनुपर्ने माग उनीहरुको छ । सोमबार दिउँसो काठमाडौँको बिजुलीबजारबाट निस्किएको र्याली नयाँ वानेश्वरसम्म पुगेर कोणसभामा टुंगिएको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जनाए ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेता तथा कार्यकर्ताहरुले सरकारसँग ‘१० अर्बको हिसाब खोइ ?’ भन्दै नारावाजी समेत गरेका थिए । कोरोना संक्रमणका शंकास्पदहरुमा पीसीआर परीक्षण बढाउनुपर्ने, विपन्नहरुलाई राहत दिनुपर्ने लगायत माग पनि उनीहरुको थियो । पछिल्ला दिनमा नेविसंघका नेता तथा कार्यकर्ता सरकारको विरोध गर्दै सामाजिक दूरी कायम राख्दै प्रदर्शनमा उत्रिएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्