गलत दिशामा पलङ राखेमा मान्छेलाई निद्रा नलाग्ने देखि तनाव हुने सम्मका समस्या हुने समेत बास्तु शास्त्रमा उल्लेख छ । यसरी गलत दिशामा राखिएको पलङमा सुत्दा दाम्पत्य जीवनमा समेत नकारात्मक असर पर्ने बताइन कहाँ राख्ने पलङ कोठामा ढोकाको नजिक पलङ राख्नु हुँदैन । ढोकाको नजिक पलङ राख्दा यसबाट बास्तु दोष उत्पन्न हुने समस्या हुन्छ । यस्तो पलङमा सुत्दा निद्रा नलाग्ने र मानसिक तनावको समेत समस्या हुन सक्छ   पलङको अगाडी पर्ने गरी ऐना नराख्नुस् सुत्ने पलङको अगाडी पर्ने गरी ऐना राख्नु बास्तुको दृष्टीले राम्रो मानिँदैन । ऐनाले पलङको प्रतिविम्ब दिनु झनै नराम्रो मानिन्छ । यसले परिवारमा अशान्ति हुने बास्तुविदको भनाइ छ । पलङको उचाइ पलङ अति होंचो वा अति अग्लो हुनु बास्तुको दृष्टीले राम्रो मानिँदैन । पलङको तलपट्टी उर्जा जम्मा हुने र उक्त उर्जा शरीरमा फैलिने भएका कारण पलङको उचाइमा ध्यान दिनु पर्छ । पलङको तल सामान राख्नु खराव मानिन्छ ।   शिरानी भित्तो पट्टी हुनु राम्रो सुत्ने ओच्छ्यानमा शिरानी भित्ता पट्टी हुनु राम्रो मानिन्छ । यसले सुत्ने मानिसलाई सकारात्मक उर्जा प्रदान गर्छ । शिरान भएको साइडमा झ्याल भएमा त्यसबाट सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा जम्मा हुने मानिन्छ । पलङको आसपास यी चिज नराख्नुस् मानिसहरु सुत्ने पलङ नजिकै टिभी, फ्रिज, कम्प्यूटर आदि इलेक्ट्रानिक सामान राख्छन् । जुन घातक मानिन्छ । यस्ता समाग्रीले नकारात्मक उर्जा उत्पादन गर्ने भएका कारण सुत्ने पलङको नजिक राख्नु हुँदैन । त्यस्तै गरी सुत्ने कोठामा पानीका तस्विर पनि नभएको राम्रो मानिन्छ

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्