प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो । अहिले जारी भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भैरहेको बताइएको छ । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न पुग्नुभएको हो ।
सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले केहिबेरमा पेरिसडाँडामा बस्दै छ । यता प्रधानमन्त्री देउवाले सम्भव भए आजै नभए भोलिसम्म मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गर्नुभएको उहाँको सचिवालय स्रोतले बताएको छ ।