बैशाख ३०, काठमाडौँ । काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ । 

स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । निर्वाचन बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सम्पन्न भएको छ ।