जेठ ३,काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई उछिन्नु भएको छ । ताजा मत परिणाम अनुसार १७ हजार ८ सय ४६ मत गन्दा रेनु दाहालले ५ हजार ९ सय ४७ मत पाउनु भएको छ ।

विजय सुवेदीले ५ हजार ८ स ८८ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९ सय ५ मत ल्याउनु भएको छ ।

यस्तै, उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी ७ हजार २ सय ५७ मतले अगाडि हुनुहुन्छ । यस्तै, राप्रपाका उम्मेदवार हिमला गुरुङले ४ हजार ८ सय २२ मत ल्याउनु भएको छ ।