जेठ ४,काठमाडौं । उदयपुरको उदयपुरगढी-६ नेपालटारमा बा २५ च ७८१९ नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
दुर्घटनामा विराटनगर महानगरपालिका-५ चाँदनीचोक बस्ने ३४ वर्षीय डेबिट भनिने देवेन्द्र चापागाईँको ज्यान गएको हो । दुर्घटनामा विराटनगर महानगरपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षका विशाल राय, २३ वर्षका सुजन खतिवडा, २७ वर्षका सागर घिमिरे, ३५ वर्षका सुरज पौडेल रहेका छन् ।
उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।