जेठ १५,काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजबारे खोजविन सुरु भएको छ ।