जेठ २१,धादिङ । धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज शनिवार अटो चालकको ज्यान गएकाे छ ।

काठमाण्डाैबाट गजुरी आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिएकाे थियाे । ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका ५ खाल्टे घर भइ बेलकोटगढी बस्दै आएका ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि राजमार्ग बन्द भएको छ । पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन् ।