३० जेठ, लमजुङ । लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी  भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउडिबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कसपमा सोमबार बिहान अन्दाजी पौने ५ बजे  आगलागी  भएको हो ।
  
आगलागी हुँदा ७ वटा पुरानो कवाडी  मोटरसाइकल, सर्भिसिङका लागि राखिएकाे एउटा मोटरसाइकल र  २ वटा स्कुटर पूर्णरुपमा जलेको  जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए  । 

सीसी‍टीभी फुटेजमा देखिएको दृश्यलाई हेर्दा विद्युतको पोलमा तार सर्ट भएर  आगालागि भएको देखिएको छ । आगालगीकाे सूचना पाए लगत्तै प्रहरी र स्थानीय मिलेर  आगो नियन्त्रणमा लिएका थिए ।