काठमाडाै । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गर्ने निर्णय गरेको छ ।
शुक्रबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिनुभयाे ।
गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ ।