काठमाडौं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।  

सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बीउ र सिँचाईको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पु¥यायो ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । उहाँले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरु मारमा पर्ने गरी कृषि अनाजहरुको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिनु भयो ।

सांसद भण्डारीले भन्नु भयो, ‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महंगा छन । केही मात्राा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ । यदाकदा कसैले पायो भने त्यसभित्रको यर्थाथता अर्कै छ । खेती गर्ने बेलामा बिउ छैन । चाहिएको बेलामा मल छैन । सिँचाई गर्न पानी छैन । उत्पादन बेच्न बजार पाउन सकिदैन । किसानहरु ऋणमा चुलुम्ब डुबेका छन । विचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन । यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने ? हाम्रा संरचनाहरु साँँच्चैनै निकम्मा भएका छन ? गम्भिर प्रश्न उठेको छ । किसानलाई संरक्षण नगर्ने हो भने कृषि पेशा बचाउन सक्ने अवस्था छैन । वास्वतमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाउनु पर्दछ । अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारवाही गर्नु पर्दछ । मल, विउ र सिँचाईमा उपलब्ध गराउन हामीलाई के ले छेकेको छ ? मैले बुझेको छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ । यो कामको विषयमा पनिकुरा गर्न आवश्यक छ । नेपालको वर्तमान अवस्थामा यो कुरा भयो भने यसले नेपालको वर्तमान अवस्थामा केही पनि गर्न सकिने अवस्था छैन ।अभियानकै कारण यो काम गर्न सकिन्छ भन्ने नै हो ।

सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरु महंगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दवाव दिनु भयो ।