उदयपुर। आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमा सँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।