काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ।
आइतबार बहस नसकिएपछि लामिछानेको मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको हो। यस मुद्दामाथि सोमबार बहस हुने भएको छ।
बालिका बलात्कारको अभियोगमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसका विरुद्ध उनी उच्च अदालत, पाटन पुगेका थिए।