काठमाडाैं। देशका विभिन्न स्थानबाट ६ जना लागुऔषधसहित पक्राउ परेका छन् । सिरहाकाे गोलबजार नगरपालिका-१ गागन खोलाबाट अवैध लागुऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका-३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-९ त्रिबेणीघाटबाट अवैध लागुऔषध ब्राउनसुगर २ ग्राम ३ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ पार्वतीमार्ग डेरा गरी बस्ने धनकुटा साँघुरीगढी गाउँपालिका-३ का ५० वर्षीय लाल बहादुर लिम्वुलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई कोठामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल डेरा गरी बस्ने झापा दमक उपमहानगरपालिका-९ घर भएका २५ वर्षीय सन्दीप बराइलीलाई अवैध लागुऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ र नगद ३ हजार ६ सय ४५ रूपैयाँसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-६ तारातालबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-२ फलाटे बस्ने २२ वर्षीय आषिश सुनारलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको ।