काठमाडौं । प्रदेश १ को नाम कोशी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ ।

अब कोशी प्रदेशको विषयमा सभामा छलफल हुने छ ।

एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विपक्षमा चार जनाले हात उठाएका थिए । 

उक्त प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका हुन् ।