अर्घाखाँची । नेपाल रेडक्रस सोसाइटी धनचौर उपशाखाको सभापतिमा डिलाराम पाण्डे निर्वाचित भएका छन् ।

मंगलबार धनचौरमा सम्पन्न संस्थाको १७औं साधारणसभा तथा अधिवेशनले सभापति पाण्डेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमत गठन गरेको हो । अधिवेशनबाट गठित समितिको उप-सभापतिमा सरस्वता भट्टराई चयन भएका छन् । समितिको सचिवमा धर्मराज भट्टराई, सहसचीवमा भिमलाल भुसाल, कोषाध्यक्षमा इमानसिं नेपाली र सहकोषाध्यक्षमा यम बहादुर नेपाली सुधीर छनौट भएका छन् ।

यस्तै धनचौर उपशाखाको नवगठित कार्यसमिति सदस्यहरुमा विष्णुप्रसाद भट्टराई, विष्णुप्रसाद चुदाली,नमकला कुवर, देवकला बुढा र अभिलाषा भट्टराई चयन भएका छन् ।