काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट बिहीबार हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो ।
प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए।
सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए।