काठमाडौं । उपराष्ट्रपति पदमा चारजनाको उमेदवारी दर्ता भएको छ ।

गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)बाटै दुईजनाको उमेदवारी परेको छ । 

जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उमेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उमेदवारी दर्ता गरेकी छन् ।