काठमाडौँ । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार आइपुग्दा भने १.८५ अंकले बढेको छ । आजको कारोबारमा ७८ कम्पनीका ऋणपत्रको मूल्य घटेको छ भने १२६ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । १० वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएकाे छैन ।
आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १० करोड ४८ लाख २४ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ ।