काठमाडौं । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले बढेर १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।