काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको चार सय रूपैयाँले बढेर १ लाख ७ हजार १०० रुपैयाँमा कारोेबार भइरहेको छ ।

बिहिबार भने छापावाल सुनको मूल्य १ लाख ६ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ कायम भएको छ ।