काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले यो कसको सरकार हो भन्दै प्रश्न उठाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको बताए।
उनले भने– ‘यो सरकार कस्को लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्नेगरी, ढाड भाँच्नेगरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कतौटी गरेको छ । कहिलेबाट किसानले सरकारबाट यस खालको ज्यादतिपूर्ण अन्याय सहनुपर्ने हो ? भूमिहीन सुकुम्बासीहरुले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन् । जग्गाधनी पुर्जा पाउनका लागि उनीहरुले कहिलेसम्म कुर्नुपर्ने हो ? म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’