नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम वचत गर्ने मुलुकमा पर्ने बताउनुभएको छ । सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा वचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताउनु भयो । उहाँले मुद्रालाई वचत गर्न जरुरी रहेको भन्दै वचतबाट नै आम्दानी बढ्ने दाबी गर्नुभयो । गभर्नर अधिकारीले मानिसहरुसँग भएको रकम वचत नगरे पनि खर्च हुने भएको भन्दै वचत गर्न अनिवार्य रहेको बताउनु भयो ।
उहाँले राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा वचतको रेट कमजोर रहेको जानकारी दिनुभयो । त्यस्तै गनर्भर अधिकारीले शेयरमा लगानी गर्नुपनि वचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताउनु भयो । उहाँले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा वचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताउनु भयो ।