काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गर्नुभएको छ । सोमवार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औपचारिक कार्यक्रममार्फत अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो ।

जनस्तरको सम्बन्धलाई अझ बढी सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । भेटपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले द्विपक्षीय सम्बन्धमा विविध विषयमा पनि उहाँसँग कुरा भएको बताउनु भयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा सञ्चालनका लागि पहल गरिदिन पनि सांसद शर्माको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गर्नुभएको थियो । त्यसैगरी बेलायतसँग नेपालको सिधै हवाई हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरुको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा सञ्चालनका लागि पहल गरिदिन पनि सांसद शर्माको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।