काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।हिजाे सुन ताेलाकाे एक लाख ९ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।