गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखास्थित पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरेको हुन्।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। वूड हिल-लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्ने गरी ठेक्का पाएको छ।