राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–सांस्कृतिक–आर्थिक–राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धि संकल्प प्रश्ताव प्रश्तुत गर्नुभएको छ । बुधवार राष्ट्रियसभा बैठकमा उहाँले सो संकल्प प्रश्ताव प्रश्तुत गर्नुभएको हो ।
प्रश्तावमा निजी तथा सार्वजनिक स्थानमा हुने छुवाछुत वा भेदभावजन्य कार्य गर्नेलाई संविधान र कानून बमोजिम कडा कारबाही गर्नका लागि सरकारसँग माग गरिएको छ । त्यसैगरी विगतमा दलित समुदायका व्यक्तिलाई होच्याउने, अपमान हुने गरी दिइएको नागरिकताको प्रमाण पत्र, राहदानी सच्याउन पनि सरकारलाई सचेत गराइएको छ ।
संकल्प प्रश्तावमा सांसद सुनारले दलित समुदायमाथि अपमानजनक व्यवहार गर्ने जोकोहीलाई कारबाही गर्ने कानूनी व्यवस्था सरकारले कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्न पनि सरकारलाई राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनु भयो ।