काठमाडौँ । आज शुक्रबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार हिजो बिहीबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।

हिजो बिहीबार तोलामा १ लाख ९ हजारमा काराेबार भएकाे सुन आज तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भएको छ ।