काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् ।
संसद्मा महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको बताइएको छ ।