काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ३ देखि ७ दिनभित्र सवारीचालक अनुमतिपत्र दिने गरी सरकारले तयारी अगाडि बढाएको बताएका छन् ।
साेमबार पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले अब पहिलेको जस्तै लाखौं लाइसेन्स थुप्रिएर बस्ने प्रक्रिया विस्तारै अन्त्य हुने बताएका हुन् ।
अहिले दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भएपनि ४ हजार मात्रै छाप्ने मेसिन यातायात व्यवस्था विभागसँग भएकाले समस्या भएको मन्त्री श्रेष्ठले बताए ।
अर्को प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको भन्दै उनले त्यो मेसिन आएपछि ब्याक लक फुकाउने बताए ।
त्यसका लागी मास प्रिन्टर खरिद गर्ने तयारीमा सरकार रहेकाे उनले जनाकारी दिए । यसको लागि सात आठ महिना लाग्ने र त्यसपछि तीनदेखि ७ दिनमा लाइसेन्स प्राप्त गर्न सकिने उनकाे दावी छ ।