काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
उनले पीडितहरुको माग छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट सम्बोधन गर्नुपर्ने पनि बताएका छन् ।
तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको उनले बताएका छन् ।