काठमाडौँ । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाल सुन तोलाको १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो।