काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उनले राजीनामा दिएका हुन् ।

जनमत पार्टीले उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उनले राजीनामा दिएका हुन् ।