काठमाडौं । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।