काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताउनुभएको छ । 

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले न्युनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताउनु भयो । उहाँले अब सरकारले पनि पूर्णता पाउने बताउनु भयो । उहाँले सरकार आफ्नो नीति र कार्यक्रम अनुसार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताउनु भयो । 

उहाँले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउनसके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताउनु भयो । सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उहाँको भनाई छ ।