काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ ।