काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन साहको घोषणा र निर्देशनपछि सिंहदरबारको फोहोर आज(आइतबार)देखि उठाउन बन्द गरिएको छ।

महानगर प्रमुख साहले महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै शनिबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।

उनले लेखेका थिए,‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,साँच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।