काठमाडौं । फेसबुकमा महिलाको नामको आइडी बनाई ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्यूरोले फेसबुकमार्फत साथी बनाई डिजिटल ठगी गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका २ बस्ने २६ वर्षीय विश्व शर्मालाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।