काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको छ ।
आईतवार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघ सँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताउनु भयो । अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताउनु भयो ।
उहाँँले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर,पँुजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको स्वीकार गर्नुभयो । उहाँले विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेपनि उत्साहजनक रुपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था नभएको बताउनु भयो । उहाँल मुलुकको राजश्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताउनु भयो । उहाँले सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको उल्लेख गर्नुभयो ।
उहाँले सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर हुनु उपयुक्त नभएको बताउनु भयो । उहाँले साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिको लगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा कही अफ्ठ्याराहरु आएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताउनु भयो ।
उहाँले निराशाको परिस्थितिलाई आशामा रुपान्तरिणत गर्ने लक्ष्यकासाथ काम गरिरहेको बताउनु भयो । उहाँले सरकारको साधरण खर्चलाई अत्यन्त कम गर्नेगरी काम गर्ने बताउनु भयो । उहाँले सरकारको दायित्व भित्र रहेका तलव, भत्ता, शिक्षा, स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताउनु भयो ।
अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारीता कार्यान्वयन गर्ने र उत्पादनशिल क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताउनु भयो । उहाँले सरकारको भूकम्पमा लिएको वैदेशिक ऋणको दायित्व बढ्दै गएको बताउनु भयो । त्यस्तै,अर्थमन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा सरकारले गरिबीको रेखामुनी रहेकाहरुलाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको भन्दै देशको साधन स्रोत बिना गर्न नसक्ने बताउनु भयो । उहाँले पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सरकारले सामाजिक दायित्वहरुलाई बढाएर लैजान नसक्ने बताउनु भयो । उहाँले सरकारले आम्दानीको दायरालाई बेवास्ता गर्ने सरकारले दिन्छ भनेर मात्रै बोलि दिने विषयले समस्या समाधान नहुने बताउनु भयो ।
उहाँले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि,वैदेशिक तथा आन्तरिक लगानी प्रवद्र्धन हुनुपर्ने बताउनु भयो । उहाँले वैदेशिक ऋणलाई समयमा नै कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारको राजश्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताउनु भयो ।