काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले लहडमा आएर सिंहदरबारको फोहोर नउठाउने निर्णय नगरेको प्रतिक्रिया दिएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्विरसहित लामो ‘स्टाटस’ लेखेर उनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता गैरजिम्मेवारी र लापरवाहीका कारण बाध्यात्मक कदम उठाउनुपरेको बताएका छन् ।
उनी लेख्छन्, ‘केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो ।’