काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । 

मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले अहिलेको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको सहयोग बिना मुलुकमा आर्थिक उन्नती हुन नसक्ने बताउनु भयो । उहाँले आर्थिक अवस्थालाई सुदृढ पार्न निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको पनि बताउनु भयो ।

मन्त्री रिजालले मन्त्रालयबीचको समन्वय कम भएको भन्दै प्रधानमन्त्रीले यसको पहल लिन आग्रह गर्नुभयो । उहाँले स्वदेशी उत्पादनको प्रयोगलाई पहिलो प्राथमिकता दिने भनेपनि कार्यान्वयन हुन नसकेको बताउनु भयो ।