काठमाडौं । नेपाली बजारमा बुधाबार सुनचाँदीको मूल्य बढेकाे छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रहेको थियो भने आज छापावाला सुनको मूल्य प्रतितोला १ हजारले वृद्धि भइ १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै आज तेजावी सुनको मूल्य १ लाख १० हजार २ सय ५० रहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ मा काराेबार भएकाे चाँदीकाे भाउ बुधबार ताेलामा १५ रूपैयाले बढेर आज भने १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।