काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।
पछिल्लो समय दीपक यादव गरुडा नगरपालिकाबाट विभिन्न सूचनाको माग गर्दै आन्दोलनमा छन् । उनी सूचना माग गर्दै आमरण अनसन समेत बसेका थिए ।