काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।