काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले चौधरीलाई आममाफी दिन सरकारले चालेको प्रक्रियाको विरोध गर्दै प्रक्रिया राेक्न माग गरेको हो।

अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘टिकापुर हत्याकाण्डू कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो।’