नविना लामासहित एमाले नेताहरू चढेको जिप दुर्घटना भएकाे छ ।
खानीखोला गाउपालिकामा नेकपा एमालेकाे चियापान कार्यक्रममा सहभागी भइ फर्किएका नेकपा एमाले नेताहरु सवार बा१४ च ७०७७ नम्बरको बोलेराे गाडी बेथानचोक १ स्थित निगालेडाँडामा दुर्घटनामा परेको छ ।
उक्त गाडीमा संविधान सभा सदस्य रामहरी सुवेदी पुर्व सांसद नविना लामा, बागमती प्रदेश उप सचिव भक्तकुमारी लामा लगायत सवार रहेको बताइएकाे छ ।
गाडीमा सवार मध्ये ११ जना घाइते रहेको र जस मध्ये ४ को अवस्था गम्भिर रहेको बताइएको छ ।
घाइतेहरुको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको घटनास्थलमा रहेका बेथानचोक १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले बताए ।