गत बिहिबार राजधानिको राष्ट्रिय सभागृहमा पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०१९ सम्पन्न भएको छ । बिशिष्ट व्यक्तित्वको उपस्थितिमा बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो । फेसन र मोडलिङको क्षेत्रमा योगदान पुर्याएका प्रोफेसनल व्यक्तित्वलाइ सम्मान स्वरुप गरिएको यस अवार्डमा देश तथा बिदेशमा चर्चा कमाएका मोडल रोशिश चिकंबन्जारले पुरुष टिन बिधामा पपुलर टाइटल अवार्ड हात पारेका छन् ।

लामो समय देखि मोडलिङमा सक्रिय रोशिशले यस अघि थाइल्याण्डमा भएको थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टमा रनवे मोडलको टाइटल जितेका थिए भने गत अप्रिल महिनामा आयोजना भएको किड्स एण्ड टिन फेसन मोडल को उपाधि पनि जितेका थिए ।