उलान, बाटोर

१३ असोज (रासस ÷सिन्ह्वा)ः मंगोलियामा कोभिड १९ सङ्क्रमितको संख्या तीन लाख नाघेको छ ।

गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मंगोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार १८५ पुगेको छ ।

मंगोलियामा करिब ३४ लाख अर्थात कूल जनसंख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । यहाँँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी रहेको छ । यहाँ दैनिक रुपमा २ हजार भन्दा बढी सङ्क्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ ।