क्वीटो

१३ असोज (रासस÷सिन्ह्वा) ः इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ ।

यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।