२० भदौ, काठमाडौं । डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौ जित हात पारेको छ ।

युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो ।

फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले ८५औं मिनेटमा गोल गरे । विन्डले ४५औं मिनेटमा गरेको गोल भिएआर रेफ्रीले मान्यता दिएन् ।

लगातार पाँचौ जितपछि डेनमार्क १५ अंकसहित समूह एफको शीर्ष स्थानमा छ ।

अष्ट्रियालाई ५-२ ले हराएको इजरायल १० अंकसहित दोस्रो स्थानमा छ ।

फोटो : डेनमार्क फुटबल संघ